दफा ५५०
बिक्री गरिने वस्तुमा हक भएको मानिने

(१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक बिक्री गरिएको वस्तु भए त्यस्तो वस्तुमा वा भविष्यमा बिक्री गर्न मञ्जुर गरिएको वस्तु भए बिक्री गरिने वस्तुमा बिक्रेताको हक रहेको वा हक रहने र त्यस्तो वस्तु कसैको कब्जा, नियन्त्रण वा भोगचलनबाट मुक्त रहेको वा रहने कुरा मानिनेछ ।
(२) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक बिक्री गरिएको वा बिक्री हुने वस्तुमा बिक्रेताको बिक्री गर्ने अधिकार रहेको मानिनेछ ।